Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा काेराेना संक्रमित बढ्दै : तेस्रो लहरको संकेत

भारतमा काेराेना संक्रमित बढ्दै : तेस्रो लहरको संकेत

  • 537
    SHARES
  • भारतमा काेराेना संक्रमित बढ्दै : तेस्रो लहरको संकेत

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ४४ हजार ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा संक्रमितको संख्या वृद्धि भए पनि संक्रमणमुक्त हुनेको संख्या भने कम छ । बिहीबार ३२ हजार ९८८ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या बढेर ३ लाख ४४ हजार ८९९ पुगेको छ र

    बुधबार पनि ४६ हजार १६४ जनामा कोरोनाा संक्रमण पुष्टि भएको थियो । त्यसअघि सोमबार र मंगलबार दैनिक संक्रमित २५ हजार आसपास मात्र थिए ।

    संक्रमित घट्दै गएपछि कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणमा आएको भनेर भारतमा केही राहत भएको थियो । तर दुई दिनयता दैनिक संक्रमित थपिने दर लगातार बढिरहेको छ । लगातार संक्रमित बढ्नु काेराेनाकाे तेस्राे लहर आएकाे संकेत हुनसक्ने अनुमान गरिएकाे छ । स्कूल, जीमखाना, सिनेमा घर सञ्चालन गरिएकाले संक्रमणदर बढेको स्वास्थ्यविज्ञले जनाएका छन् । फेरी कडाईकासाथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न आवश्यक रहेको स्वास्थ्यविज्ञको भनाई छ ।

    त्यसैगरि केरलामा लगातार दुई दिनदेखि संक्रमितको संख्या ३० हजारभन्दा बढी छ । कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको भए पनि भारतले कोरोनाविरुद्धको खोप अभियानलाई भने तिव्रता दिएको छ । हालसम्म ६१ करोड २२ लाख मानिसलाई संक्रमणविरुद्धको खोप लगाइसकेको छ । कोरोनाको तेस्रो लहर आएपनि दोस्रो लहर जस्तै मानवीय क्षति नहुने त्यहाँका चिकित्सकको ठहर छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij