वेबटिभी खबर
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ७०८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर १९ सय २४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणमको कारणले २४ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ । आज देशभर १२ हजार ३४४ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।
हालसम्म नेपालमा ८ लाख २९ हजार ४४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् । यससँगै १० हजार ५३३ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij