Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अफगानिस्तानमा मानवीय संकटः डब्लुएचओ

अफगानिस्तानमा मानवीय संकटः डब्लुएचओ

  • 551
    SHARES
  • अफगानिस्तानमा मानवीय संकटः डब्लुएचओ

    एजेन्सी । अफगानिस्तानमा गहिरो मानव संकट उत्पन्न भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । 

    तालिवानले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँको अवस्था नाजुक बनेको छ । हजारौंको संख्यामा मानिसहरु देश छोडेर जान काबुल एयरपोर्ट पुगेका छन् । 

    तालिवानीले काबुल सहर नियन्त्रणमा लिएसँगै अफगानिस्तानमा मानवीय संकटको अध्याय सुरु भएको छ । स्वास्थ्य समस्यादेखि अन्य समस्याहरु पनि अगाडी आइरहेका छन् । भोकमरी र रोगको चपेटामा मानिसहरु फसेका छन् । जसमध्ये १ करोडभन्दा बढी बालबालिका र महिलाहरु रहेका छन् ।

    डब्लुएचओले अफगानिस्तानको स्वास्थ्य प्रणालीप्रति चिन्ता व्यक्त गर्दै त्यहाँका नागरिकहरु भोकमरी र रोगसँग संघर्ष गरिरहेको जनाएको छ । 

    डब्लुएचओकाअनुसार अफगानिस्तानको आधा जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता छ । जसमा १ करोड जति बालबालिका र महिलाहरु छन् । 

    महिला स्वास्थ्यकर्मीसम्म महिलाको पहुँचलाई सुनिश्चित गर्नुपर्ने, देशभर बिना रोकटोक स्वास्थ्य सेवालाई निरन्तरता दिने सहज वातावरण बनाउनु पर्ने डब्लुएचओले औंल्याएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij