एजेन्सी– युभेन्ट्सले इटालियन मिडफिल्डर म्यानुएल लोकाटेलीलाई अनुबन्ध गरेको छ। युभेन्ट्सले बुधबार मिडफिल्डर लोकाटेली अनुबन्ध गरिएको जनाएको छ ।
युभेन्ट्सले सासोउलोबाट २३ वर्षीय मिडफिल्डर भित्र्याएको हो। लोकाटेलीले युभेन्ट्ससँग पाँच वर्षको सम्झौता गरेका छन् । उनले २७ नम्बरको जर्सी लगाउने छन् । लोकाटेलीले युरो २०२० उत्कृष्ट प्रदर्शन गरेका थिए । युरोमा उनले ५ खेलमा २ गोल गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij