वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टी धेरै दिन चल्न नसक्ने दाबी गरेका छन् । निर्वाचन आयोगमा बुधबार नयाँ दल दर्ता गरेका नेपालप्रति कटाक्ष गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।
नेपालले स्वविवेक र आवश्यकताले नभई कतैबाट परिचालित भएर नयाँ पार्टी दर्ता गरेको जिकिर गरेका छन् । उनले मूल नेतृत्वको पार्टीबाट विचलित भई दर्ता भएका साना दल पहिलेदेखि नै असफल देखिएकोसमेत बताएका छन् ।
‘२००७ सालदेखि नै विभाजित भई खुलेका खुद्रा दुकान चलेका छैनन् । न मातृका कोइराला नेतृत्वको राष्ट्रिय प्रजा पार्टी चलेको इतिहास रहेको छ, न त माधव कु.नेपालको स्वघोषित 'समाजवादी' नै चल्नेछ’ थापाले बुधबार ट्वीटमा लेखेका छन्, ‘बीपीलाई कमजोर पार्न मातृका र केपीलाई सत्ताच्यूत र कमजोर गर्न माधवलाई उपयोग गरेको स्पष्टै छ !’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij