Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमालेका २४ सांसद खुले नेपाल पक्षमा, छलफल जारी

एमालेका २४ सांसद खुले नेपाल पक्षमा, छलफल जारी

  • 820
    SHARES
  • एमालेका २४ सांसद खुले  नेपाल पक्षमा, छलफल जारी

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरू छलफलमा जुटेका छन् । नयाँ वानेश्वरस्थित अर्याल होटलमा आफूपक्षीय सांसदहरुसँग नेपालले छलफल गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला आफूसँग रहेका २२ जना सांसदसँग नेपालले छलफल गरेका हुन् । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी अध्यादेश र नयाँ पार्टी खोल्ने विषयमा नेपालले सांसदसँग परामर्श गरेका हुन् । 

    यसअघि केपी ओलीलाई साथ दिएका वामदेव गौतमपत्नी तुलसा थापा र माया ज्ञवाली पनि नेपाल पक्षमा खुलेका छन् । एक साताअघि जापानमा भएको ओलम्पिकमा पर्यवेक्षकका रूपमा नेपालबाट प्रतिनिधिका रूपमा केपी ओली पक्षले नै तुलसा थापालाई त्यहाँ पठाएको थियो । 

    अर्याल होटलमा जारी छलफलमा उनीहरु दुवैजना सहभागी छन् । योसँगै नेपाल पक्षमा २४ जना सांसद पुगेका छन् । भीम रावलसहित संस्थापन पक्षसँगको वार्तामा रहेका कार्दलका सदस्यहरू भने बैठकमा सहभागी छैनन् ।  नेता नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई मंगलबार नै नयाँ दल दर्ता हुनसक्ने संकेत गरेका छन् । दल दर्ताका लागि नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत संकलन जारी राखेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij