Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले एकताका लागि ओलीको अपिल नेपाल पक्षकै नेताको आग्रहमा

एमाले एकताका लागि ओलीको अपिल नेपाल पक्षकै नेताको आग्रहमा

  • 755
    SHARES
  • एमाले एकताका लागि ओलीको अपिल नेपाल पक्षकै नेताको आग्रहमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरूकै आग्रहमा सोमबार एकताको अपिल जारी गरेको बताएका छन् । नेपाल पक्षका दोस्रो तहका ६ जना  केन्द्रीय सदस्यहरूले सोमबार दिउँसो उपमहासचिव विष्णु पौडेल र स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङसँग पनि भेटघाट गरेका थिए ।

    उनीहरूले पार्टी एकता जोगाउन अध्यक्ष ओलीबाट नै पहल हुनुपर्ने धारणा राखेपछि ओली पक्षका नेतासमेतको पहलमा ओलीले एकताको आग्रह गरेको ओलीपक्षी स्थायी कमिटीका एक नेताले जानकारी दिए ।  ‘त्यस बाहेक विघटित कार्यदलका सदस्यहरूले पनि अध्यक्षको तर्फबाट केही सन्देश आओस भन्ने प्रस्ताव आएकोले सोमबार राति साढे १० बजे एकताका लागि अपिल जारी गरिएको हो,’ एक नेताले भने ।

    यसबीचमा नेता झलनाथ खनालको स्वास्थ्य स्थिति बुझ्न दिल्ली गएका नेताहरु सुरेन्द्र पाण्डे र भीम आचार्य पनि फर्किसकेका छन्  । खनाल पनि पार्टी एकताका लागि सकारात्मक रहेको सन्देश लिएर ती नेताहरू फर्केको बुझिएको छ ।  ‘एकताका लागि प्रयास जारी नै छ, हामी छलफलमा नै छौं,’ स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भने, ‘आजको बैठकमा नयाँ सहमति केही बन्छ कि ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij