Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अफगान संकट समाधानका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दै

अफगान संकट समाधानका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दै

  • 673
    SHARES
  • अफगान संकट समाधानका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दै

    काठमाडौं । तालिवान विद्रोहीले अफगानिस्तानको सत्ता हातमा लिएपछि सोमबार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । अफगानिस्तानमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको तालिवानलाई अन्तर्राष्ट्रिय मान्यता दिने वा नदिने भन्ने बहस भइरहेको बेला परिषद्को बैठक बस्न लागेको हो । सुरक्षा परिषद्को सदस्यमध्येको मुलुक चीन भने अफगानिस्तान मामिलामा अहिले पूर्णतः मौनजस्तै छ । गत महिना तालिवान नेताहरूलाई स्वागत गरेको चीनको अहिलेको मौनतालाई अर्थपूर्ण हेरिएको छ । 

    यस्तै बेलायतले भने तालिवान सरकारलाई मान्यता दिन नसकिने घोषणा गरिसकेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार राति काबुलको पछिल्लो अवस्थाबारे प्रेसमिट गरेर यस्तो घोषणा गरेका हुन् । आइतबार अफगानिस्तानको राजधानी काबुलमा तालिवान लडाकुहरू प्रवेश गरेपछि राष्ट्रपति अस्रफ घानीले देश छोडेका छन् । उनले अफगानिस्तानमा तालिवानले जितेको स्वीकारसमेत गरिसकेका छन् । 

    घानीले आफू कहाँ छु भनेर सार्वजनिक नगरे पनि धेरै सञ्चारमाध्यमका अनुसार उनी ताजीकिस्तानमा रहेको आकलन गरिएको छ । यस्तै भारतले भने तालिवानले अफगानी राज्यसत्ता कब्जा गरेपछि कास्मिरमा खतरा बढ्ने आशंका गरेको छ । यद्यपि, यस विषयमा भारत खुलेर बोलेको छैन ।आज बस्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको अध्यक्षता भारतले गर्दैछ, जसमा अफगानिस्तानको पछिल्लो संकटमाथि छलफल हुने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij