Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नगरपालिकाले मेलम्ची बाढी प्रभावितलाई रकम दियो

नगरपालिकाले मेलम्ची बाढी प्रभावितलाई रकम दियो

  • 559
    SHARES
  • नगरपालिकाले मेलम्ची बाढी प्रभावितलाई रकम दियो

    काठमाडौं । मेलम्ची नगरपालिकाले राहत स्वरुप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार रकम जम्मा गरिदिएको छ । 

    नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए । 

    मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी, सिभिल, कृषि विकास, लक्ष्मी, सिन्धु विकास बैंकका साथै अन्य बैंकमा प्रभावितको रकम जम्मा गरिदिएको मेलम्ची नगरपालिकाले जानाएको छ । 

    नगरपालिकाभित्रका प्रभावित वडाबाट प्राप्त विवरणको आधारमा रकम जम्मा गरिएको लेखा अधिकृत पुडासैनीले बताए । 

    उनले केही प्रभावितको खातामा रकम जम्मा गर्न अझै बाँकी रहेकाले छिट्टै नगरपालिकालाई उपलब्ध गराएको खातामा रकम जम्मा गरिदिने जानकारी दिए । 

    केही पीडितको गुनासो तथा छुटपुट भएको खण्डमा प्रभावितलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र गराउन आग्रह गरिएको छ । 
      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij