वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता एवम् सांसद महेश बस्नेतले अहिलेको सत्तारुढ गठबन्धनमा एमाले समावेश नभएको स्पष्ट पारेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले गठबन्धनमा एमाले छ भनेर भन्दै नहिँड्न गठबन्धनका नेताहरुलाई चुनाती दिए ।
‘एमाले सत्तारुढ गठबन्धनमा छैन, गठबन्धनमा एमालेको नाम नलिइयोस् । म स्पष्ट पार्न चाहन्छु- एमाले प्रमुख प्रतिपक्षी पार्टी हो,’ बस्नेतले भने ।
बस्नेतले एमाले वरिष्ठ नेता माधव नेपालपक्ष पनि गठबन्धनमा नरहेकोतर्फ संकेत गर्दै यस्तो दाबी गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij