वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले राजनीतिक, सांगठानिक र विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी रहेको बैठकमा सहभागी एक नेताले बताए ।
एमालेको विधान महाधिवेशन २७ र २८ भदौमा तोकिएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आज बैठक बोलाइएको हो । केन्द्रीय कमिटीको प्रस्ताव २७ साउनभित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।
बैठक ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको हो । केन्द्रीय कमिटी बैठक पनि सोही स्थलमा बस्ने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij