वेबटिभी खबर
काठमाडौं । आइतबार देशभर २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९,०३३ पीसीआर नुमना परीक्षण गर्दा २,१३७ र ३,३४५ एन्टीजेन परीक्षण गर्दा ४११ व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
आज २ हजार २९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने ५५ जनाको संक्रमणको कारणले निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३छ हजार ४८५ रहेको छ । जसमध्ये ३१ हजार ९६३ होम आईसोलेसनमा र ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ८०२ आईसीयू र १८१ जना भेन्टिलेटरमा उपचारत छन् ।
हालसम्म नेपालमा ७ लाख ८३ हजार ३५५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरि ६ लाख ६९ हजार २९९ जना संक्रमणमुक्र भएका छन् भने संक्रमणको कारणले १ हजार ९३ जनाको निधन भएको छ । हालसम्म ४४ लाख ९४ हजार २६९ जनाले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन् भने २४ लाख ९२ हजार १८२ जनाले खोपको पूर्ण डोज लगाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij