Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु: अध्यक्ष दाहाल

बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु: अध्यक्ष दाहाल

  • 786
    SHARES
  • बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु: अध्यक्ष दाहाल

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढी र पहिरोबाट भएको क्षतिका बारेमा सर्वदलीय प्रतिनिधिमण्डलले नेपाल कम्युनिस्ट (पार्टी माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ध्यानाकर्षण गराएको छ ।

    प्रतिनिधिमण्डलले बाढी र पहिरामा भएको क्षति र तत्कालका लागि आवश्यक पूर्वाधारका बारेमा जानकारी गराएको थियो । सो अवसरमा अध्यक्ष दाहालले आफू र आफ्नो पार्टीकातर्फबाट तत्परता र गम्भीरताका साथ प्रतिनिधिमण्डलले उठाएका विषयमा छलफल अगाडि बढाउने विश्वास दिलाए । 

    पूर्वप्रधानन्त्रीसमेत रहेका उनले मेलम्ची र हेलम्बुका बाढी र पीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउने विश्वास पनि दिलाएको केन्द्रका नेता सुवोध सापकोटाले जानकारी दिए । 

    अध्यक्ष दाहालले भने, “देशमा बढेको प्राकृतिक प्रकोपको सम्बन्ध विश्वव्यापीरुपमा विकासको मोडलमा खोज्नुपर्ने भएको छ । हामीले पनि आफ्नो आन्तरिक अध्ययन र त्यसअनुसारको व्यवस्थापन गर्न जरुरी छ ।” उनले भने, “हिमालयको काखमा रहेको नेपालमा बढ्दै गइरहेका यसप्रकारका प्राकृतिक प्रकोपका कुरा विश्वका फोरममा पनि उठाउन जरुरी छ ।” 

    उनले प्रतिनिधिमण्डलले उठाएका विषयमा आफूले सरकारसँग स्पष्ट कुरा गर्ने जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij