Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

म्यानचेस्टर सिटीलाई हराउँदै लेस्टर सिटीले जित्यो कम्युनिटी शिल्ड

म्यानचेस्टर सिटीलाई हराउँदै लेस्टर सिटीले जित्यो कम्युनिटी शिल्ड

  • श्रावण २४, २०७८ आइतवार ०७:४९ बजे
  • 622
    SHARES
  • म्यानचेस्टर सिटीलाई हराउँदै लेस्टर सिटीले जित्यो कम्युनिटी शिल्ड

    काठमाडौं – लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ। इंग्लिस प्रिमियर लिगको विजेता र एफ ए कपको विजेताबीच हुने कम्युनिटी शिल्ड फुटबलको उपाधि लेस्टरले जितेको हो। 

    गत सिजनमा प्रिमियर लिग म्यानचेस्टर सिटीले  जितेको थियो। एफ ए कपको  चेल्सीलाई हराउँदै लेस्टर सिटीले उपाधि जितेको थियो।

    त्यसैले यि दुई विजेताबीच कम्युनिटी सिल्ड खेल हुने पूर्व निर्धारित थियो। शनिबार राति वेम्बली रंगशालामा भएको खेलमा लेस्टरले म्यानचेस्टर सिटीविरुद्ध १–० गोलको जित निकालेको हो।

    लेस्टरको जितका लागि केलेची ह्युनाचोले गोल गरेका थिए। खेलको ८९ औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि हिनाचोले त्यसको सदुपयोग गर्दै गोल गरेका थिए। उनको गोलको सहयोगमै लेस्टरले उपाधि जित्यो।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij