Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

शिक्षक महासंघद्वारा शिक्षा विभागमा धर्ना

शिक्षक महासंघद्वारा शिक्षा विभागमा धर्ना

  • 486
    SHARES
  • शिक्षक महासंघद्वारा शिक्षा विभागमा धर्ना

    काठमाडौ‌ । नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएको छ । ७७ जिल्लाबाट जम्मा भएका शिक्षकहरूले आफ्ना मागहरू शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका हुन् ।

    विभिन्न ३४ बुँदे माग राख्दै उनीहरूले धर्ना दिएका छन् । देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अबिलम्ब शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने, अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगाएतका माग राख्दै उनीहरूले विभागमा धर्ना दिएका थिए ।

    शिक्षालाई अविलम्व संविधानको धारा ३१ अनुसार माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरियोस्, साविक उच्च मावि र बालकक्षाका शिक्षकको कोटा स्वीकृत दरबन्दीमा परिणत गरि उमेर हद नलाग्ने गरी आन्तरिक र खुल्ला प्रतियोगिता मार्फत् स्थायी गरियोस् भन्ने मागसहित ३१ मागका साथ शिक्षकहरू आन्दोलनमा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij