Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सभामुख सापकोटा र ऊर्जामन्त्री भुसालबीच भेटवार्ता

सभामुख सापकोटा र ऊर्जामन्त्री भुसालबीच भेटवार्ता

  • 553
    SHARES
  • सभामुख सापकोटा र ऊर्जामन्त्री भुसालबीच भेटवार्ता

    काठमाडौं । सभामुख अग्नि सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्ता सदनलाई प्रभावकारी बनाउनेलगायत विषयमा केन्द्रित रहेको बताइएको छ । 

    सोही क्रममा सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा समेत कुराकानी भएको सभामुख सापकोटाको सचिवालयले जानकारी दिएको छ । 

    मनसुन सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको भन्दै यस्ता विपद्को व्यवस्थापनका लागि सम्बन्धीत सबै विभाग र मातहतका निकायलाई आवश्यक निर्देशन दिइने मन्त्री भुसालले प्रतिवद्धता जनाइन् । 

    यस्तै सभामुख सापकोटाले संसदको चालू अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सँग छलफल गरिसकेका छन् । 

    सभामुख र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच पनि यसै विषयमा दैनिकजसो छलफल हुँदै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij