वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्षीय केन्द्रीय कमिटी जारी छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा जारी बैठकमा केही बेरअघि वरिष्ठ नेता नेपालले आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।
‘हाम्रो सम्पूर्ण ध्यान पार्टी एकतामा केन्द्रित हुन जरुरी छ । म पहिलेदेखि नै पार्टी एकताकै पक्षमा छु । तर (अध्यक्ष) केपी ओली विलकुल फरक ध्याउन्नमा छन् । उनी पार्टी एकता नगर्ने चाहनामा छन्,’ बैठकमा नेपालले गरेको ब्रिफिङ उधृत गर्दै एक केन्द्रीय कमिटी सदस्यले भने, ‘उनले गरेका सबै गल्ती सच्याउने प्रतिवद्धता जनाएर माफी माग्दै आउछन् भने पार्टी एकताको सम्भवना अहिले पनि छ ।’
बैठकमा आज नेपालसहित ५५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि केहीबेरलाई रोकिएको छ । बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।
उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए । ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij