Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नवीकरण र विधान महाधिवेशन रोकिँदैन, अब देउवा मनपर्छ भन्ने टिकटक बनाउने : गोकुल बाँस्कोटा

नवीकरण र विधान महाधिवेशन रोकिँदैन, अब देउवा मनपर्छ भन्ने टिकटक बनाउने : गोकुल बाँस्कोटा

  • 619
    SHARES
  • नवीकरण र विधान महाधिवेशन रोकिँदैन, अब देउवा मनपर्छ भन्ने टिकटक बनाउने : गोकुल बाँस्कोटा

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नवीकरण प्रक्रिया र पार्टी विधान महाधिवेशन नरोकिने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत माधव पक्षलाई लक्षित गर्दै पार्टी भाँड्न खोज्नेका माग सुन्न नहुने धारणा राखेका हुन् । यस अघि उनले माधव पक्षले नयाँ पार्टी गठन गर्न लागेको ठोकुवा गरेका थिए । 

    यद्यपी माधव पक्षले भने अन्तिम समयसम्म एकताकै पक्षमा रहने बताएको छ ।  हिजो देखि जारी माधव पक्षको केन्द्रिय समिती बैठकमा सहभागी नेताहरुले ओली पक्षलाई तत्काल नवीकरण प्रक्रिया र पार्टी विधान महाधिवेशन रोक्न आग्रह गरेका थिए  । उत्त आग्रहको प्रतिउत्तर दिँदै बास्कोटाले नवीकरण प्रक्रिया र पार्टी विधान महाधिवेशन नरोकिने बताएका हुन् ।

    ‘न नवीकरण प्रक्रिया रोकिन्छ न त विधान महाधिवेशन नै । पार्टी नै भाँड्न खोज्नेका माग सुन्न पर्दैन,’ उनले लेखेका छन्, ‘आए गल खेत छँदैछ गए झोडा फाँडेर खुइ काड्लान, त्यो पनि नभए देउवाको भजनकीर्तन मण्डलीको सदस्य बन्ने देउवा मनपर्छ भन्ने टिकटक बनाउने ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij