Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जसपाको ठाकुरपक्षले शुक्रबार यी पाँच जिल्लामा गर्दैछ अगुवा कार्यकर्ता भेला

जसपाको ठाकुरपक्षले शुक्रबार यी पाँच जिल्लामा गर्दैछ अगुवा कार्यकर्ता भेला

  • 1.0K
    SHARES
  • जसपाको ठाकुरपक्षले शुक्रबार यी पाँच जिल्लामा गर्दैछ अगुवा कार्यकर्ता भेला

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल ९जसपा०का अध्यक्ष महन्थ ठाकुर पक्षले शुक्रबार (आज) प्रदेश २ का पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । ११ साउनमा निर्वाचन आयोगले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएपछि पार्टीभित्र अल्पमतमा परेका ठाकुरले आफ्नो पक्षका कार्यकर्तालाई प्रभावमा राख्न ठाकुर पक्षले जिल्लाका अगुवा कार्यकर्ता भेला गर्न लागेका हुन् । 

    शुक्रबा सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा अगुवा कार्यकर्ता भेला गर्न लागिएको ठाकुर पक्षका एक कार्यकारिणी सदस्यले जानकारी दिए ।अहिले जसपामै बसेर संघर्ष जारी रखेको यो पक्षले आफ्नो पक्षका अगुवा कार्यकर्ताको राय, प्रतिक्रिया बुझ्न पनि जिल्ला स्तरीय भेला गरेको यादव पक्षका नेताहरुको भनाइ छ । 

     ‘हामीले मधेसको मुद्दा सम्बोधन गराउने अडान लिएकै हो । तर प्रतिगमनलाई साथ दिएको भनेर भ्रम फिँजाइएको छ । यस्तो प्रकारको भ्रम चिर्दै अगुवा कार्यकर्तालाई एकजुट बनाउन हामीले भेला गरेका हौं,’ शीर्ष नेता राजेन्द्र महतोले भने ।  

    महोत्तरीमा आज आयोजना गरिने भेलालाई सम्बोधन गर्न बिहीबार जनकपुर आइपुगेका अध्यक्ष ठाकुरले सांसद पद गुम्ने डरले नयाँ पार्टी दर्ता नगरेको भनेर चलाइएको हल्लामा कत्ति पनि सत्यता नभएको बताएका छन् । अध्यक्ष ठाकुरले जसपा तत्काल फुट्छ भनेर कसैले सोच्छ भने त्यो गलत हुने पनि स्पष्ट पारका छन् । कार्यकर्ता भेला जसपाकै ब्यानरमा आयोजना गरिँदैछ ।


    भेला सम्बोधनका लागि कुन नेता कहाँ जाँदैछन्  ? 

    • राजेन्द्र महतो, वृशेषचन्द्र लाल र राजिव झा– सप्तरी
    • उमाशंकर अरगरिया र जैलुन राइन– सिरहा
    • महन्थ ठाकुर, निर्जला राउत र शरतसिंह भण्डारी– महोत्तरी
    • लक्ष्मणलाल कर्ण, रमेश पटेल, बाबुलाल साह– बारा
    • दानबहादुर विश्वकर्मा र विजय गुप्ता– दाङ

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij