Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एमाले नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दै

एमाले नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दै

  • श्रावण २२, २०७८ शुक्रवार ११:३० बजे
  • 673
    SHARES
  • एमाले नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दै

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन आज पनि जारी छ । बिहान ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी बैंकवेटमा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुका सुझाव लिइने माधव नेपालको सचिवालयले जनाएको छ ।

    बिहीबार सुरु भएको बैठकमा केही केन्द्रीय सदस्यले आफ्नो धारणा राख्दै समसामयिक विषयमा सुझाव दिएका थिए ।बैठकमा सहभागी अधिकांश सदस्यले एकता कार्यदलले तयार पारेको १० बुँदेमाथि एमाले नेतृत्व गम्भीर नभएको बताएका थिए ।

    केन्द्रीय सदस्यहरुको सुझाव लिइसकेपछि नेपालले जिल्ला पदाधिकारीहरुसँग समेत छलफल गर्ने भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij