वेबटिभी खबर
काठमाडौं । शुक्रबारबाट देशभर कोरोनाविरुद्धको भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै छ ।स्वास्थ्य सेवा विभागले देशभरका जिल्ला स्वास्थ्य कार्यालयहरुलाई भीड नहुने गरि खोप केन्द्रको व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ । जसअनुसार काठमाडौंमा एक महानगरसहित १० वटा नगरपालिकामा ९ वटा अस्पतालसहित १४७ वटा खोप केन्द्र तोकेको छ ।
खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको कार्ड, विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित नम्बरका आधारमा दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । यो अभियान २४ साउनसम्म चल्नेछ ।
काठमाडौं महानगरमा ३२ वडा खोपकेन्द्रबाट खोप लगाइनेछ । महानगरमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि राधाश्वामी आइसोलेसन, शसस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी, परोपकार प्रसूति अस्पताल र काठमाडौं मेडिकल कलेज सिनामंगलमा खोप केन्द्र तोकिएको छ ।
यस्तै खोप अनिवार्य गरिएका देशमा जानेहरुले भने विरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल र शसस्त्र प्रहरी अस्पतालबाट खोप लगाउन पाउने छन् ।
भेरोसेलको पहिलो डोज लगाएको २१ दिन पुरा भएका ५५ वर्ष वा सो भन्दा माथि उमेरका सबै नागरिक, प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकले खोप पाउने छन् ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij