वेबटिभी खबर
काठमाडौं । कागजात विना काठमाडौं ल्याउँदै गरेको ११ लाख रुपैयाँ भन्दा बढीको काजु सशस्त्र प्रहरीले चोभारबाट बरामद गरेको छ ।
कीर्तिपुर नगरपालिका–६, चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेट अगाडिबाट ११ लाख ५९ हजार रुपैयाँ बराबरको काजु बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्रको दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बारा जिल्लाबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडीबाट काजु बरामद गरेको हो ।
काजु ओसार्ने वीरगन्ज महानगरपालिका–२५ बस्ने रोशनकुमार साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij