Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अर्जेन्टाइन मिडफिल्डर एट्लेटिकोमा अनुबन्धित  

अर्जेन्टाइन मिडफिल्डर एट्लेटिकोमा अनुबन्धित  

  • श्रावण १९, २०७८ मंगलवार ०९:३९ बजे
  • 681
    SHARES
  • अर्जेन्टाइन मिडफिल्डर एट्लेटिकोमा अनुबन्धित  

    एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पउल स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । कोपा अमेरिका कप विजेता रोड्रिगोलाई एट्लेटिकोले इटालियन क्लब उडिनेसबाट गत जुलाईमै अनुबन्ध गरेको थियो। यद्यपी क्लबले सोमबार मात्रै क्लबमा सार्वजनिक गरेको छ। 

    २७ वर्षीय रोड्रिगोलाई एट्लेटिकोले ३५ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो।  उनी सन् २०१६ पछि स्पेनमा फर्किएका हुन् । रोड्रिगो सन् २०१६ मा स्पेनिस क्लब भ्यालेन्सियाबाट उडिनेस पुगेका थिए । उनले भ्यालेन्सियामै रहँदा लोनमा केही समय आफ्ना पुर्व क्लब रेसिङमा बिताएका थिए ।

    उडिनेसमा ५ सिजन बिताउँदा रोड्रिगोले १८४ खेलमा ३४ गोल गर्नुका साथै ३६ असिस्ट दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # एट्लेटिको मड्रिड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij