Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पूजाको प्रसाद खाँदा सिन्धुपाल्चोकमा २८ जना बिरामी

पूजाको प्रसाद खाँदा सिन्धुपाल्चोकमा २८ जना बिरामी

  • 584
    SHARES
  • पूजाको प्रसाद खाँदा सिन्धुपाल्चोकमा २८ जना बिरामी

    सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।

    गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् ।

    उनले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिइन् । बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।

    अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिइन् । ‘फुड पोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठीक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । सांकेतिक तस्बिर । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij