वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले साउन १५ का अवसरमा आयोजना गरेको खिर खाने कार्यक्रममा एमालेकै वरिष्ठ नेता माधव नेपाल पक्ष अनुपस्थित भएको छ । थापाथलीस्थित पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा नेपाल पक्षका कोही पनि नेता नपुगेका हुन् ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सबैलाई कार्यक्रममा निम्तो गरिएको बताएका छन् । तर,नेपाल पक्षका नेताहरूले भने कार्यक्रम अघोषित बहिष्कार गरेका छन् ।
कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेललगायत नेताहरू सहभागी थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली पनि कार्यक्रममा अनुपस्थित भए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij