वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले शुक्रबारका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो । निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समिति सदस्यको हेड एकाउन्टबाट निरुपण गर्ने भएपछि ८ साउनमा ठाकुर पक्षका अधिवक्ता प्रदीपकुमार पाठकले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश मागिएको थियो ।
उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै आइतबार अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गर्दै दुवै पक्षलाई अदालत बोलाएको थियो । यसैबीच सोमबार निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ । निर्वाचन आयोगले पनि २३ असारदेखि दुवै पक्षलाई बहस गराएर नै यादव पक्षलाई आधिकारिकता दिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij