वेबटिभी खबर
काठमाडौं । हाल नेपालको सम्पूर्ण भू-भागबाट यस वर्षको मनसुन बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसले गर्दा हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । साथै, कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राती भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij