काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक पेरिसडाँडास्थित पार्टी कार्यलयमा सुरु भएको छ ।
आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषिराम कट्टेलमा रहेको फैसला गरेपछि विकसित नयाँ राजनीतिक घटनाक्रमको समीक्षाका लागि बैठक बसेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘सम्मानित सर्वोच्च अदालतको फैसलापछि पार्टीमा उत्पन्न नयाँ परिस्थितिबारे समीक्षा गर्न बैठक आयोजना गरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने ।
बैठकमा प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, अस्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन ‘अनन्त’, टोपबहादुर रायमाझीलगायत स्थायी समितिका अधिकांश नेता सहभागी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij