वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्न सरकारलाई चुनौती दिएका छन् ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेश नगरेको एमसीसी अदालतको परमादेशबाट बनेको वर्तमान सरकारले संसद्मा पेश गर्न उनले दबाबमुलक आग्रह गरेका छन् ।
‘एमसीसी परियोजनाका विषयमा राजनितिक दाउपेच गरिरहनुभन्दा खुरुक्क संसदमा प्रस्ताव पेश गरे हुन्छ नि झन्नै दुई तिहाइको परमादेश देउवा सरकारले,’ बास्कोटाले ट्वीटरमा लेखेका छन् ।
पूर्वसञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले ओलीको कार्यकालमा एमसीसीको पक्षमा लबिइङ गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नै अहिले सत्तामा रहे पनि सत्तारुढ गठबन्धनबाटै एमसीसीविरुद्ध आवाज उठेकोतर्फ संकेत गरेका छन् ।
‘ओली हुँदा त छिटो ल्याउ भनेर वेल घेर्न लगाउने उनै देउवा हुन्,’ बास्कोटाले लेखेका छन्, ‘ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्ड समेतको अग्रगामी मोर्चामै छ हैन सजमो पनि ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij