Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सरकारमा सहभागिता र ठाकुरपक्षबारे निर्णय लिन जसपा कार्यकारिणी बैठक बस्दै

सरकारमा सहभागिता र ठाकुरपक्षबारे निर्णय लिन जसपा कार्यकारिणी बैठक बस्दै

  • श्रावण १३, २०७८ बुधवार १४:४४ बजे
  • 622
    SHARES
  • सरकारमा सहभागिता र ठाकुरपक्षबारे निर्णय लिन जसपा कार्यकारिणी बैठक बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) कार्यकारिणी समितिको बैठक बुधबार (आज) बस्दै छ  । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेपछि बैठक बस्न लागेको हो । 

    पार्टीको ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका महन्थ ठाकुर पक्षका १६ जना नेतालाई पार्टीमा कुन जिम्मेवारीमा राख्नेबारे बैठकले निर्णय गर्ने बताइएको छ । यस्तै जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवले पाएपछि सरकारमा मन्त्री पठाउने विषयमा पनि छलफल हुने कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए ।

    महन्थ ठाकुर पक्षले आफूहरु जसपा विभाजन गर्ने पक्षमा नभएको र आफूहरुको पार्टी जसपा नै भएको बताउँदै आएको छ ।  नयाँ दल दर्ता गर्दा साविक पार्टीको सांसद पद खारेजीमा पर्ने भएकाले ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न पनि कानुनी अड्चन छ । 

    ११ साउनमा निर्वाचन आयोग पुगेर जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये १६ जनाले महन्थ ठाकुरलाई अध्यक्ष मानेर हस्ताक्षर गरेका थिए ।  सांसदसमेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।

    जसपको कार्यकारिणी समितिको बैठक मंगलबार (हिजो) पनि बसेको थियो । उक्त बैठकमा जसपामा हाल यादव पक्षमा रहेका ३४ जनाले यही संख्याको कार्यकारिणी समिति गठन गर्न नेतृत्वसमक्ष प्रस्ताव गरेका थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij