Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एनपीएलबाट क्यानलाई २ करोड नाफा

एनपीएलबाट क्यानलाई २ करोड नाफा

  • 122
    SHARES
  • एनपीएलबाट क्यानलाई २ करोड नाफा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै साढे २ करोड रुपैयाँ नाफा गरेको छ ।

    क्यानले सोमबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ  ।

    आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ ।

    शेयरिङपछि बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिइएपछि क्यानको आम्दानी २ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # एनपीएल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij