Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

भोट बढाउन विमानस्थल थप्ने योजना मान्य हुँदैन : योगेश भट्टराई

भोट बढाउन विमानस्थल थप्ने योजना मान्य हुँदैन : योगेश भट्टराई

  • 110
    SHARES
  • भोट बढाउन विमानस्थल थप्ने योजना मान्य हुँदैन : योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउन रोकी प्राथमिकतामा रहेको काम गर्नुपर्ने बताएका हुन् ।

    भट्टराईले भने, ‘५५ वटा विमानस्थल सबै सञ्चालनमा पनि छैन, करिब ३०/३२ वटा संचालनमा होलान् । नीति कार्यक्रममा फेरी विमानस्थल थप्ने कुरा उचित छैन । यो राजनीतिक दबाब हो । दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउनु हुँदैन । यसबाट राष्ट्रको ठुलो क्षती हुन्छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा हुनुपर्छ अरु तत्कालै बनाउनुपर्छ जस्तो मलाई लाग्दैन भएका विमानस्थलको क्षमता बढाउने हो ।’

    उनले बैठकमा जनसंख्या, भुगोल, सडक यातायातको पहुँचसँगै विमानस्थलको प्राथमिकताका सन्दर्भमा छलफल गर्नुपर्ने बताए । ‘नेपाल हालसम्म ५५ वटा विमानस्थल हामीसँग छन् । यो विधेयकमाथी छलफल भईरहदा यस्ता कुरामा पनि छलफल हुनुपर्छ । अब हामीलाई कति वटा विमानस्थल चाइन्छ । हाम्रो जनसंख्या, भुगोल, सडक यातायातको पहुँच आदी कुराहरुको र विमानस्थलको प्राथमिकता के हो भन्ने सन्दर्भ पनि छलफल गर्नुपर्छ ।’भट्टराईले भने ।

    उनले हवाई सेवा प्राधिकरणको नेतृत्वमा नेपाल सरकारको कर्मचारीहरु भन्दा हवाई संस्थाका अनुभवी, क्षमता भएका व्यक्ति महानिर्देशन हुनुपर्ने समेत बताए । आज बसेको समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij