Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

  • 114
    SHARES
  • युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विस २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार पवर्द्धन दशक घोषणा गरेको भन्दै युवालाई देशमै रोक्ने र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको अनुभवलाई उत्पादन मूलक क्षेत्रमा उपयोग गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए ।

    यस्तै, उनले नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, उर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठुलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको पनि बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको रुपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीप मूलक र रोजगार मूलक बनाउने नीति सरकारले लिएको जानकारी दिए ।

    उनले भने, ‘वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनःएकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । जेनजी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रम मार्फत् उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।’

    साथै, तथ्यका आधारमाआएका गम्भीर प्रकारका भ्रष्टाचारका घटना सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने पनि बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij