Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

विश्वासपात्र खड्का नै किन उत्रिए देउवा विरुद्ध? सम्बन्धमा पुनः चिसोपानी !

विश्वासपात्र खड्का नै किन उत्रिए देउवा विरुद्ध? सम्बन्धमा पुनः चिसोपानी !

  • 661
    SHARES
  • विश्वासपात्र खड्का नै किन उत्रिए देउवा विरुद्ध? सम्बन्धमा पुनः चिसोपानी !

    काठमाडौं– कांग्रेस उपसभापति विमलेन्द्र निधिले साथ छोडेपछि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाका सारथी बनेका छन्– महामन्त्री पूर्णबहादुर खड्का। 

    देउवाका हरेक राजनीतिक भेटघाटमा उनै खड्का जान्थे। सरकार निर्माण देखि विश्वासको मत प्राप्त गर्दा देउवाले गर्ने हरेक छलफलमा खड्का सहभागि थिए। निधिले साथ छोडेको अवस्थामा देउवाले खड्का माथि ठूलो भरोसा गरेका थिए। सत्ता गठबन्धनका बैठक देखि नेताहरुसँगका व्यक्तिगत भेटघाट सम्ममा देउवाले खड्कालाई साथै राख्ने गरेका छन्।

    फलस्वरुप सत्ता गठबन्धनले सरकारलाई सघाउन भन्दै गठन गरेको कार्यदलको संयोजकको जिम्मेवारी पनि खड्काले नै पाएका छन्।  तर, सोमबार भने खड्काले देउवासँग असन्तुष्टि पोखे। उनको असन्तुष्टिको कारण हो– गण्डकी सरकारमा मन्त्री छनौट र स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति।  उनले यी दुवै निर्णय सच्चाउन फेसबुक मार्फत देउवालाई सुझाव दिएका छन्। 

    स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्ति र गण्डकी प्रदेशमा प्रस्ताबित मन्त्री डोबाटे बिश्वकर्माको नाम हटाएर पोखराका व्यापारी बिन्दु थापालाई मन्त्री बनाएर चौतर्फी आलोचना भएपछि महामन्त्री खड्काले सभापतिलाई निर्णय सच्याउन भनेका हुन्। 
    विश्वकर्मा र श्रेष्ठको नियुक्तको आलोचना भएपछि महामन्त्री खड्काले फेसबुकमा असन्तुष्टि पोखेका हुन्।

    स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्ति र गण्डकी प्रदेशमा प्रस्तावित मन्त्री डोबाटे बिश्वकर्माको नाम हटाएर पोखराका व्यापारी बिन्दु थापालाई मन्त्री बनाएर चौतर्फी आलोचना भएपछि महामन्त्री खड्काले सभापतिलाई निर्णय सच्याउन भनेका हुन्। महामन्त्री खड्काले यी दुवै निर्णय सच्याउन भन्दै फेसबुकमा असन्तुष्टि पोखेका हुन्।

    संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आश्रम ललितपुर बाँडेगाउँको तस्बिरसँगै राखिएको स्टाट्समा महामन्त्री खड्काले गण्डकी प्रदेश र संघीय सरकार विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका प्रतिक्रियाबाट पाठ सिक्दै सच्चिन र भविष्यमा यस्ता गल्ती नदोहोर्याउने भरपर्दो विश्वास कायम गराउन पनि नेतृत्वलाई सुझाब दिएका छन्।

    उनले सभापति देउवा र पार्टी पदाधिकारीको तर्फबाट केन्द्र र प्रदेश सरकार विस्तारका क्रममा भएको कमजोरीप्रति महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसँग क्षमा समेत मागेका छन्।

    सम्बन्धमा पुनः चिसोपानी

    देउवा र खड्का दुवै लामो राजनीतिक यात्राका सहयात्री हुन्। २०५९ सालमा देउवाले पार्टी विभाजन गर्दा खड्का केन्द्रीय सदस्य थिए। त्यस यता पनि खड्का देउवा समुहमै रहेर राजनीति गर्दै आएका छन्। 

    १२ औं महाधिवेशनमा देउवा सुशील कोइरालासँग पराजित भए। देउवा समुहले जम्मा एउटा पदाधिकारी पायो। त्यो थियो–सहमहामन्त्री। देउवाले त्यो पदमा खड्कालाई पठाए। तर, संविधान जारी भएपछि खड्काले जे बोले, जस्तो निर्णय लिए त्यसले देउवालाई रुष्ट बनाएको थियो।

    तत्कालिन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाले पुनः प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि खड्काले कोइराला र देउवाका कारण पार्टी सकिन लागेको भन्दै पदबाट राजिनामा घोषणा गरेका थिए। त्यसपछि खड्का प्रति देउवाको विश्वास टुटेको थियो। 

    ‘पूर्णबहादुर दाइसँग त्यही घटना देखि शेरबहादुर दाइ रुष्ट हुनुहुन्थ्यो,’ देउवाका अति निकट एक नेता बताउँछन्।  तर १३ औं महाधिवेशनमा खड्का देउवा समुहमै थिए। उनले देउवालाई सभापति बनाउन भूमिका खेलेकै हुन्।

    तर, त्यो बेला उनी देउवा भन्दा पनि अर्का प्रभावशाली नेता खुमबहादुर खड्का नजिक थिए।  देउवाले खुमबहादुरलाई उपसभापति मनोनित गर्ने बचन दिएका थिए। तर, लामो समयदेखि आफूलाई सहयोग गर्दै आएका निधिलाई समेत उपसभापति बनानुपर्ने बाध्यात्मक अवस्था देउवा सामु थिए। जसका कारण लामो समय पदाधिकारी मनोनित गर्न सकेका थिएनन्। जब २०७४ सालमा खुमबहादुरको निधन भयो, त्यसपछि मात्रै देउवाले पदाधिकारी मनोनित गरे। 

    देउवाले विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री मनोनित गर्ने प्रयास गरेका थिए। तर, खड्काले ‘उपसभापति भए खुमबहादुरलाई र महामन्त्री भए मलाई मनोनित गर्ने सहमति भएको हो कि होइन। खुमबहादुरको निधन पछि अन्याय गर्न खोज्ने?’ भनेपछि देउवा उनलाई महामन्त्री मनोनित गर्न बाध्य बनेको देउवा निकटका नेताहरु बताउँछन्।  

    देउवाले विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री मनोनित गर्ने प्रयास गरेका थिए। तर, खड्काले ‘उपसभापति भए खुमबहादुरलाई र महामन्त्री भए मलाई मनोनित गर्ने सहमति भएको हो कि होइन। खुमबहादुरको निधन पछि अन्याय गर्न खोज्ने?’ भनेपछि देउवा उनलाई महामन्त्री मनोनित गर्न बाध्य बनेको देउवा निकटका नेताहरु बताउँछन्।  

    महामन्त्री मनोनित गरेपछि देउवाले पार्टीको विधान संशोधन गर्ने जिम्मेवारी उनै खड्कालाई दिएका थिए। तर, खड्का नेतृत्वको समितिले बनाएको विधानप्रति देउवा खासै सन्तुष्ट थिएनन्। उनको गुनासो थियो– पूर्णबहादुरले मलाई सहयोग पुग्ने किसिमको विधान बनाएन।  तर, आफैंले मनोनित गरेको महामन्त्रीलाई सँगै हिडाउनुपर्ने अवस्थामा देउवा थिए। 

    पछिल्लो समय निधिले सभापति लड्ने भन्दै साथ छोडेपछि देउवाले खड्कालाई अघि बढाउन खोजेका थिए। ‘तपाई सभापति बन्ने सन्दर्भमा मेरा कुनै सर्त छैनन्,’ खड्काले देउवालाई भनेका थिए। खड्काको त्यो बचन पछि देउवाले उनलाई पुनः विश्वास गर्ने अवस्था बनेको थियो। सोही कारणले देउवाले खड्कालाई  हरेक महत्वपूर्ण राजनीतिक भेटघाट र क्रियाकलापमा ‘स्पेस’ दिएका थिए। 

    खड्काले देउवाको निर्णयमा असन्तुष्टि जनाउँदै सच्चाउनुपर्ने माग सामाजिक संजाल मार्फत राखेपछि उनीहरुको सम्बन्ध पुनः चिसिने अवस्थामा पुगेको छ।

    तर, खड्काले देउवाको निर्णयमा असन्तुष्टि जनाउँदै सच्चाउनुपर्ने माग सामाजिक संजाल मार्फत राखेपछि उनीहरुको सम्बन्ध पुनः चिसिने अवस्थामा पुगेको छ। कार्यदलको संयोजक भएर प्रधानमन्त्रीलाई निर्णय लिनुअघि सल्लाह दिनुभन्दा निर्णय लिइसकेपछि आलोचना गरेकोले महामन्त्री खड्काले असहयोगी भूमिकाप्रति स्वयं देउवा रुष्ट भएको बालुवाटार स्रोतको दावी छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij