Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

युभेन्ट्सको प्रशिक्षणमा फर्किए रोनाल्डो

युभेन्ट्सको प्रशिक्षणमा फर्किए रोनाल्डो

  • श्रावण १२, २०७८ मंगलवार ०९:५३ बजे
  • 637
    SHARES
  • युभेन्ट्सको प्रशिक्षणमा फर्किए रोनाल्डो

    एजेन्सी – युरोकप पछि पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालियन महारथी युभेन्ट्सको प्रशिक्षणमा फर्किएका छन् । 

    क्लब छोड्ने हल्लाकाबीच रोनाल्डो सोमबारदेखि युभेन्ट्सको प्रशिक्षणमा जोडिएका हुन् । युरोकप पछि रोनाल्डो करिब एक महिनाको छुट्टी बिताएर क्लबको प्रशिक्षणमा फर्किएका हुन्। 

    सोमबार क्लबको प्रशिक्षणमा जोडिएसँगै उनी यो सिजनसम्म युभेन्ट्समै रहने अनुमान गरिएको छ।  रोनाल्डोलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले विशेष चासो देखाएको थियो ।

    क्लबका उपाध्यक्ष पाभेल नेडभेडले रोनाल्डो हामीसँगै रहने यसअघि नै बताइसकेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij