Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

हुम्लामा सडक सञ्जाल पु‍र्‍याउने दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री ओली

हुम्लामा सडक सञ्जाल पु‍र्‍याउने दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री ओली

  • 101
    SHARES
  • हुम्लामा सडक सञ्जाल पु‍र्‍याउने दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् ।

    ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पु‍र्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij