वेबटिभी खबर
काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना रटिप्पणी जसो गरे पनि हुने भन्दै बजेट सन्तुलित विकास हुने गरी ल्याइएको बताएको छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयलगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तुत बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजा मूलक रहेको दाबी गरे ।
ओलीले भने,सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको कुरामाविशेष जोड दिनचाहन्छु । भौगोलिक, क्षेत्रगत, विषयगतरूपमाआवश्यकता र सन्तुलनकाआधारमा देशको सन्तुलितविकास हुने गरी बजेट ल्याइएको हो । बजेट यहाँमात्रै होइन, कहीँपनि सर्वसम्मतिभएको र सबै माननीय सन्तुष्टभएको, हाम्रो जस्तो माननीयहरू र बजेटको सम्बन्ध सम्पर्क नरहेका देशमापनि मैले भेटेको छैन । आलोचना, टिप्पणी त जसो गरे पनिहुन्छ ।’
त्यस्तै उनले लोकतन्त्र र संविधानप्रतिआफूले कुनै पनि सम्झौतानगर्ने भन्दै आफूलाई गालीआउँदा सहने तर संविधानमाथिको अपमाननसहने बताए । उनले भने, ‘म आफूलाई आलोचना, विरोध, गाली सहन्छु तर सहितदप्रतिको अपमान, बलिदानप्रतिको अपमान, विगतका संघर्षको अपमान, प्रणालीको अपमान, संविधानको अपमान यो कुरा सैह्य हुँदैन । माननीयज्यूहरुले बोल्दायी कुराहरुमा संयम अपनाएर बोलौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij