काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सोमबार (आज) बैठक बस्ने भएको छ । दिउँसो २ बजे वानेश्वरको एक होटलमा बैठक बस्ने स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए ।
नेपाल पक्षीय स्थायी कमिटीको बैठक आइतबार साँझ पनि बसेको थियो । आजको बैठक त्यसैको निरन्तरता भएको उनको भनाइ छ । पन्तका अनुसार पार्टी एकता काम राख्ने सन्दर्भमा छलफल केन्द्रित हुनेछ । आइतबारको बैठकमा विघटित १० सदस्यीय कार्यदलले बुझाएको १० बुँदे सहमतिमा छलफल भएको थियो ।
कार्यदलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी गराएका थिए । एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।
आइतबार विघटित कार्यदलका सदस्य र एमाले जोगाउन सक्रिय सांसदहरुले सिंहदरबारमा छलफल गरेका थिए । जहाँ नेपाल पक्षका स्थायी समिति सदस्य तथा एमाले उपाध्यक्ष भीम रावलले एमाले अब एक भइसकेको दाबी गरेका थिए । आजको बैठकमा रावल पनि उपस्थित हुँदै छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij