वेबटिभी खबर
चितवन । भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायाणी नदीको बीचभागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्वार गरेको छ । नारायाणी नदीमा बाँध बाधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको हो ।
उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो ।

नदीको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुबेको सशस्त्र प्रहरीका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij