काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार कारोबारको पहिलो घण्टामा तीन वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार ३०१७.५६ बिन्दुबाट सुरु भएको बजारमा कारोबारको पहिलो घण्टामै विशाल बजार कम्पनी, ङादी ग्रुप पावर र हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यस समयावधिमा बिशाल बजार कम्पनीको शेयर मूल्य ६ सय १० रुपैयाँले बढेर प्रतिकित्ता ६ हजार ७ सय १४ रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावरको शेयर मूल्य ६९ रुपैयाँले बढेर प्रतिकित्ता ७ सय ६३ रुपैयाँ पुगेको छ ।
त्यस्तै हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य ३९ रुपैयाँले बढेर प्रतिकित्ता ४ सय ३२ रुपैयाँ पुगेको छ । आइतबार सर्वाधिक कारोबार भने नेपाल बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij