वेबटिभी खबर
काठमाडौं । पूर्वमाओवादी नेतासमेत रहेका नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ( विप्लव) बीच शनिबार भेटवार्ता भएको छ ।
पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।
उनीहरुबीच पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिस्ट एकता र आगामी कार्यदिशाका विषयमा छलफल भएको बताइएको छ ।
बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए ।
विप्लवले यसअघि (आजै) जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए ।
विप्लव र महन्थ ठाकुरबीच भेट, के भयाे कुराकानी ?
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij