Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

  • 132
    SHARES
  • पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

    पर्सा । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या अत्यधिक भएसँगै चार ठाउँबाट विवरण संकलन गर्नेभएको छ ।

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले वैशाख १४ गतेदेखि पर्सामा चार स्थानबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिने जानकारी दिए ।

    ‘विगत केही दिनदेखि कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राखेर चार स्थानबाट सेवा प्रवाह गर्न लागिएको छ’, उनले भने ।

    जिल्ला प्रशासन कार्यालयबाट विन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीको राष्ट्रिय परिचयको विवरण संकलन गरिनेछ ।

    इलाका प्रशासन कार्यालय सुपौलीबाट जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीको विवरण संकलन गरिनेछ ।

    त्यस्तै वीरगञ्ज महानगरपालिका कार्यालयबाट महानगरका ३२ वटै वडाका सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिनेछ ।

    पोखरिया नगरपालिका कार्यालयबाट पोखरिया नगरपालिका, छिपरमाई, पकहाँमैनपुर, धोविनी र कालिकामाई गाउँपालिकाको सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिनेछ ।

    पर्सा जिल्लाबाट दुई लाख ७५ हजारभन्दा धेरै सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाइसकेका छन् । सहायक प्रजिअ कार्कीले ४० हजार राष्ट्रिय परिचयपत्रको कार्ड छपाइ भएर आइसकेको जानकारी दिए । ‘अहिलेसम्म २३ हजार भन्दा धेरै सेवाग्राहीले छापिएर आएको राष्ट्रिय परिचयपत्र लिइसक्नुभएको छ,’  उनले भने ।

    कार्यालयले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक,अपाङ्गता, गर्भवती र वैदेशिक रोजगारीमा तुरुन्तै जानुपर्ने सेवाग्राहीलाई प्रथामिकतामा राख्दै काम गर्दै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # पर्सा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij