वेबटिभी खबर
रुपन्देही । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका–२ अर्दौलीस्थित दानव नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जनामध्ये एक जनाको शव फेला परेको छ ।
सोही ठाउँ बस्ने १३ वर्षिय उमेश यादव, १४ वर्षिय राज यादवक र १२ वर्षिय मुनु हरिजन सोमबार दिउँसो पौडी खेल्ने क्रममा सो नदिमा डुवेर बेपत्ता भएका थिए ।
उनीहरुमध्ये १४ वर्षिय राज यादवक शव फेला परेको छ भने बेपत्ता दुई जनाको मंगलबार बिहानैदेखि खोजीकार्य गरिनेछ ।
घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij