Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोशी प्रदेशमा छिटपुट वर्षाको सम्भावना

कोशी प्रदेशमा छिटपुट वर्षाको सम्भावना

  • 92
    SHARES
  • कोशी प्रदेशमा छिटपुट वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।

    कोशी प्रदेशका क्षेत्रहरूमा बादल लाग्ने र एक–दुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।

    आइतबार बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) २११ छ । यो भनेको हामीले सास फेर्ने तल्लो वायुमण्डल अत्यन्त विषाक्त रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij