Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आर्सनलसँग रोवेले थपे पाँच बर्षको सम्झौता

आर्सनलसँग रोवेले थपे पाँच बर्षको सम्झौता

  • श्रावण ८, २०७८ शुक्रवार १०:०३ बजे
  • 586
    SHARES
  • आर्सनलसँग रोवेले थपे पाँच बर्षको सम्झौता

    एजेन्सी–  युवा मिडफिल्डर इमिल स्मिथ रोवेले  आर्सनलसँगको सम्झौता नवीकरण गरेका छन् । इंग्ल्यान्डका अट्याकिङ मिडफिल्डर इमिलले आर्सनलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।

    नयाँ सम्झौतासँगै इमिल २०२६ सम्म आर्सनलमा रहने छन् । आर्सनलको एकेडेमीमा हुर्किएका इमिलले सिनियर टिमका लागि ३३ खेल खेलिसकेका छन् ।

    गत सिजन उनले २० प्रिमियर लिग खेलमा  २ गोल गरेका थिए । इमिलले आर्सनलमा १० नम्बर जर्सी समेत लगाउने भएका छन् ।

  • सम्बन्धित विषय:

  • # आर्सनल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij