Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

महामारीमा अग्रपंक्तिमा काम गरेका बेलायती स्वास्थ्यकर्मीको तलब वृद्धि

महामारीमा अग्रपंक्तिमा काम गरेका बेलायती स्वास्थ्यकर्मीको तलब वृद्धि

  • 789
    SHARES
  • महामारीमा अग्रपंक्तिमा काम गरेका बेलायती स्वास्थ्यकर्मीको तलब वृद्धि

    लन्डन । बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा वृद्धि गरिएको सरकारले बुधबार घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा वृद्धि गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलवमा तीन प्रतिशत वृद्धि गर्न सिफारिस गरेपछि सरकारले वृद्धि गरिदिएको हो ।  
     
    ‘स्वास्थ्यकर्मीहरुको भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगात पनि पर्ने छन्, उनीहरुले पनि तलव वृद्धिको सुविधा पाउने भएका छन्,’ सरकारी निकायद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

    बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदि निर्धारण गर्न स्वतन्त्र निकायको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को व्यवस्था गरिएको छ । कोरोना भाइरसको महामारी विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरुको सेवा सुविधा वृद्धि आवश्यक भएको एनएचएसले निष्कर्ष  निकालेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij