Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी सुरु

जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी सुरु

  • 106
    SHARES
  • जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी सुरु

    काठमाडौं । नेपाली सेनाले सेना दिवस, २०८१ को अवसरमा फोटो तथा बृहत् प्रदर्शनीको आजदेखि सुरु भएको छ । मंगलबारदेखि सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को समुद्घाटन गरेका हुन् ।

    प्रदर्शनी माघ १८ गतेसम्म चल्ने छ । प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिएको छ । यस्तै, सैनिक पोसाक, ब्यान्ड, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदजस्ता गतिविधि पनि प्रदर्शन पर्दशन गरिएको छ ।

    आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको सेनाले जनाएको छ । प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij