Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पोखरीमा एक पुरुषको शव फेला

पोखरीमा एक पुरुषको शव फेला

  • 124
    SHARES
  • पोखरीमा एक पुरुषको शव फेला

    धनुषा । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८ मा रहेको पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ । दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरुले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

    खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

    शवलाई निकालेर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij