वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रूपैयाँ ५२ पैसा, अस्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ १९ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६१ पैसा रहेको छ ।
यस्तै, सिङ्गापुर डलर एकको खरिदर एक सय रूपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रूपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ६३ पैसा कायम गरिएको छ ।
यसको साथै, जापानी येन १० को खरिदर आठ रूपैयाँ ७६ पैसा र बिक्रीदर आठ रूपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८ रूपैयाँ ९५ पैसा, थाई भाट एकको खरिदर तीन रूपैयाँ ९८ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४७ पैसा र बिक्रीदर नौ रूपैयाँ ५१ पैसा, हङ्कङ डलर एकको खरिदर १७ रूपैयाँ ७७ पैसा र बिक्रीदर १७ रूपैयाँ ८४ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ७० पैसा र बिक्रीदर ३० रूपैयाँ ८४ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १२ रूपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ ०२ पैसा र बिक्री दर १९ रूपैयाँ १० तोकिएको छ ।
यस्तै, भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४८ रूपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६६ रूपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५९ रूपैयाँ २९ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ८५ पैसा तय भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij