Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

यी कम्पनीको शेयर मूल्य ह्वात्तै बढ्यो, लगानीकर्ता खुसी

यी कम्पनीको शेयर मूल्य ह्वात्तै बढ्यो, लगानीकर्ता खुसी

  • 1.3K
    SHARES
  • यी कम्पनीको शेयर मूल्य ह्वात्तै बढ्यो, लगानीकर्ता खुसी

    काठमाडौं । मंगलबार नेप्से परिसूचक ०.३० प्रतिशतले घटेर बजार बन्द भएको छ । कारोबारको तेस्रो दिन मंगलबार ३००५.४३ बिन्दुबाट सुरु भएको बजार ९.०१ अंकले घटेर २९८५.५७ बिन्दुमा पुगेर बन्द भएको छ । 

    यस समयावधिमा कारोबारमा आएका २ सय १९ वटा कम्पनीको ८४ हजार ४ सय पटकको कारोबारमा ३ करोड १६ लाख ८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । 

    मंगलबार लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्वटी फण्ड, माउन्टेन्ड हाइड्रो, बरुण हाइड्रो पावरको शेयर मूल्य सर्किट लेवलमा वृद्धि भएको छ ।

    वृद्धि भएसँगै लगानीकर्ता खुसी भएका छन् । माउन्टेन्ड हाइड्रोमा शेयर लगानी गरेकी लक्ष्मी विश्वकर्मा खुसी भएकी छिन् । उनी भन्छिन्, 'मेराे माउन्टेन्ड हाइड्रोमा शेयर छ । मूल्य वृद्धि भएछ । खुसी छु ।' 
     
    यस समयावधिमा सर्वाधिक शेयर कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ भने कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय ३३ रुपैयाँमा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij